कोरोना संक्रमणबाट वडाध्यक्षको मृत्यु-Sutra News

कोरोना संक्रमणबाट वडाध्यक्षको मृत्यु

मंगलबार, ३० मंसिर २०७७

मंगलबार, ३० मंसिर २०७७

दोलखा- दोलखाको शैलुङ गाउँपालिका–७ फस्कुका वडाध्यक्ष धावा वाङगेल लामाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।



एक साताअघि निमोनियाको लक्षण देखिएपछि उपचारका लागि काठमाडौं लगिएका लामाको उपचारको क्रममा मृत्यु भएको हो । वडाध्यक्ष लामाको किस्ट मेडिकल कलेजमा मृत्यु भएको शैलुङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजुप्रसाद साहले जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट