कांग्रेसले सुरु गर्‍यो केन्द्रीय सदस्यको पिसिआर परीक्षण, देउवाको नेगेटिभ (फोटोफिचर)-Sutra News

कांग्रेसले सुरु गर्‍यो केन्द्रीय सदस्यको पिसिआर परीक्षण, देउवाको नेगेटिभ (फोटोफिचर)

बिहिबार, १५ असोज २०७७

बिहिबार, १५ असोज २०७७

काठमाडौं- कांग्रेसले पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको पिसीआर परीक्षण सुरु गरेको छ। बिहीबार सानेपास्थित पार्टी मुख्यालयमा कांग्रेसका नेताहरूले पिसीआर परीक्षण गर्न स्वाब दिएका हुन्।



आज वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विजयकुमार गच्छदार र नेताहरू गगन थापा, अर्जुननरसिंह केसीलगायतले पिसीआर परीक्षणका लागि स्वाब दिएका छन्।

१९ असोजमा बस्ने केन्द्रीय कार्यसमिति बैठकको पूर्वसन्धयामा कांग्रेसले पिसीआर परीक्षण गराएको हो। पिसीआर रिपोर्टमा कोरोना संक्रमण देखिए नेताहरूलाई बैठकमा सहभागी नगराइने कांग्रेसले जनाएको छ।

सभापति शेरबहादुर देउवाले भने दुई दिन अघि नै पिसीआर गरिसकेको र रिपोर्ट नेगेटिभ आएको कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

uma.jpg1.jpg1601539470.jpgmohan.jpgkc.jpg

सबै तस्बिर रोशन सापकोटा/रासस

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट