१० नेपाली अभिनेत्री, जसले गीत पनि गाए-Sutra News

१० नेपाली अभिनेत्री, जसले गीत पनि गाए

सोमबार, ८ भाद्र २०७७

सोमबार, ८ भाद्र २०७७

काठमाडौं- मनोरञ्जनतर्फ विश्व बजारमा हेर्ने हो भने अभिनेता-अभिनेत्रीहरु गायक-गायिका बनेको र गायक-गायिकाहरु अभिनेता- अभिनेत्री बनेका उदाहरण धेरै छन् । बलिउडमै हेर्ने हो भने लकडाउनकै समयमा सलमान खानले नयाँ गीत सार्वजनिक गरे। त्योभन्दा अघि उनले ‘मै हुँ हिरो तेरा’ र आफू अभिनित फिल्म किकमा समावेश ‘ह्याङओभर’ बोलको गीत गाइसकेका छन्। त्यस्तै बलिउड अभिनेत्री प्रियंका चोपडाले एल्बम सार्वजनिक गरेर चर्चा कमाइन्।



नेपालमा पनि भुवन केसी कुनै समयका चर्चित गायक हुन्। गायक यसकुमार, बाबु बोगोटी भने अभिनेता भए। हालैमात्र निता ढुंगानाले ‘गणेश भजन’ सार्वजनिक गरिन्। यससँगै उनको परिचय गायिकासमेत बनेको छ। जे होस् बलिउडमा फस्टाएको अभिनेत्रीबाट गायिका बन्ने शैलीले अब नेपाली चलचित्र क्षेत्रमा पनि स्थान जमाउँदैछ। आउनुस्, गीत पनि गाउने १० अभिनेत्रीबारे चर्चा गरौं :

गौरी मल्ल
दुई वर्षअघि ‘जीवन साथी’ बोलको आधुनिक गीत सार्वजनिक भयो। गीतले युट्युबमा सकरात्मक प्रतिक्रिया पनि पायो। पुरुषतर्फ प्रमोद खरेलको स्वर रहेको गीतमा महिलातर्फ भने अब्बल अभिनय क्षमताको कारण कुनै समय राज गरेकी अभिनेत्री गौरी मल्लको थियो। अहिले पनि उक्त गीत युटुबमा छ। हालसम्म मल्लको गीतमा १९ हजार भ्युज रहेको छ।

gauri mall.jpg

निरुता सिंह
मुम्बईमा रहेकी निरुता सिंह नेपाली फिल्म क्षेत्रमा स्थापित नाम हो। सन् १९९३ मा निर्देशक तुलसी घिमिरेले निर्देशन गरेको फिल्म ‘दक्षिणा’बाट अभिनयमा प्रवेश गरेकी उनले गीत पनि गाएकी छन्। उनले ‘दिपसिखा’ नामक एल्बमका लागि एउटा गीत रेकर्ड गराएकी थिइन्। उनको स्वरमा रकेर्ड भएको ‘छाडी जाने मायालु’ बोलको आधुनिक गीत त धेरैले रुचाए पनि ।

niruta sing1.jpg

रेखा थापा
कुनै समय नेपाली सिने क्षेत्रमा जमेकी रेखा थापाले गीत पनि गएकी छन् भन्दा धेरैलाई अचम्म लाग्न सक्छ। ‘मा कसम’ ,’जिन्दगीको लामो यात्रा’ रेखाले गाएका गीत हुन्। रेखा अभिनेत्रीबाट गायिकामात्र होइन संगीतकार भएर पनि काम गरिन्। आफैँले निर्माण गरेको चलचित्र ‘रामप्यारी’मा उनले संगीत दिएकी छन। तर गायिकामा उनको भविष्य त्यति उज्ज्वल देखिएन। दर्शकले उनलाई गायिकाभन्दा पनि अभिनेत्री भएकै हेर्न रुचाए। 

rekha thapa1.jpg

नम्रता श्रेष्ठ
रोहित जोन क्षेत्रीले गाएको गीत ‘बिस्तारै बिस्तारै’ नसुन्ने कमै होलान्। यसै गीतको कभर गाएर पाँच वर्षअघि चर्चामा आएकी थिइन् नम्रता श्रेष्ठ। आफ्नो सुन्दरता र अभिनय दुबैबाट सबको प्रिय बनेकी अभिनेत्री नम्रता पनि तिनै अभिनेत्रीहरुमा पर्छिन् जो गायिका पनि हुन्। दुईवटा कभर गीतपछि उनले कुनै गीत गाएकी छैनन्।

namrata1.jpg

प्रियंका कार्की
‘तिमीले त होइन’, आयुष्मानसँग ‘माया त माया हो’, अंग्रेजी गीत ‘आएम गन लुज यु’ बोलका गीत गाइसकेकी अभिनेत्री हुन् प्रियंका कार्की। ३ वटा गीतको कभर गरिसकेकी प्रियंका नेपाली सिने क्षेत्रमा हट र व्यस्त अभिनेत्री भनेर चिनिन्छिन्। कभर गीतसँगै उनले ‘स्वतन्त्रता’ बोलको ओरिजनल गीत पनि गाइन्। चार वर्षअघि सार्वजिक भएको गीतमा अहिलेसम्म ३८ लाख भ्युज छ। साँच्चै भन्ने हो भने अभिनेत्रीहरुले गाएका गीतहरुमा युट्युबमा सबैभन्दा बढी भ्युज पाउन सफल अभिनेत्रीमा प्रियंका पहिलो स्थानमा पर्छिन्। युट्युबमा सजिलै भेटिने यो गीतमा कमेन्ट भने गर्न मिल्दैन। प्रियंकाको यो गीतले महिलाको स्वतन्त्रताको विषयमा बोलेको छ।

pyanka.jpg

पुजा शर्मा
चलचित्र ‘प्रेमगीत’ बाट एकाएक चर्चामा आएकी अभिनेत्री हुन् पुजा शर्मा। थोरैलाई मात्र थाहा होला पूजाले गीत पनि गाउँछिन् भनेर। पूजाले चर्चित गायक अनिल सिंहसँग ‘प्रेम कथा’ बोलको गीत गाएकी थिइन्। चलचित्रको निर्माता समेत भइसकेकी पूजाले त्यसपछि भने कुनै गीत गाएकी छैनन्।

poojas.jpg

पारमिता आरएल राणा
चार हप्ता अघिमात्रै युट्युबमा अभिनेत्री पारमिताको नयाँ गीत सार्वजनिक भएको छ ‘अन्धकार’ । योभन्दा अघि उनले ‘क्विन’ बोलको गीत सार्वजनिक गरेकी थिइन्। नेपाली फिल्म क्षेत्रमा खासै जम्न नसेकेकी पारमिताको भविष्य गायनमा कस्तो होला? त्यो भने पछि थाहा होला।

छुल्ठिम गुरुङ
‘नोभेम्बर रेन’ चलचित्रबाट डेब्यु गरेकी छुल्ठिम गुरुङको रुची अभिनयमात्र होइन, गायनमा पनि छ। दुई वर्षअघि उनले सञ्जय चौधरीको संगीत र शब्दमा रहेको ‘खसेको तारा’ बोलको गीत गाइन्। त्यसपछि उनले नयाँ गीत ल्याएकी छैनन्।

अशिष्मा नकर्मी
नेपाल भाषामा बनेको चलचित्रमा अभिनय गरेपछि नेपाली सिनेजगतमा प्रवेश गरेकी अभिनेत्री हुन् अशिष्मा। ‘तिम्रो फिगर कोकोला’ भन्ने गीत नेपाली भर्सनमा धेरैले सुन्नुभयो होला। यो गीत नेपाल भाषामा पनि छ। नेपाल भाषामा भने यमन श्रेष्ठ र अशिष्माले स्वर दिएको यस गीतलाई ६ लाख बढीले हेरेका छन्।

nakarmi1.jpg

अनु शाह
अभिनेत्री अनु शाह ‘मेरो सम्झनामा तिमी हुनु.. ’बोलको गीतबाट गायिकामा डेब्यु गरिन्। फिल्म तथा म्युजिक भिडियोमा ब्यस्त अभिनेत्रीको रुपमा चिनिएकी उनले त्यसपछि भने कुनै गीत गाएकी छैनन्।

नेपालमा अभिनेत्रीहरुले गायिकाको रुपमा आफूलाई स्थापित गर्न खोजेपनि कोही पनि यस क्षेत्रमा जम्न भने सकेनन्। दर्शकले उनीहरुलाई गायिकाको रुपमाभन्दा पनि अभिनेत्रीकै रुपमा हेर्न रुचाए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट