अभिनेत्री निता ढुंगानाको भजन गीत सार्वजनिक-Sutra News

अभिनेत्री निता ढुंगानाको भजन गीत सार्वजनिक

शनिबार, ६ भाद्र २०७७

शनिबार, ६ भाद्र २०७७

काठमाडौं- अभिनेत्री निता ढुंगाना गायनमा प्रवेश गरेकी छन्। शनिबार उनले गाएको गणेश भजन गीत सार्वजनिक भएको छ। गणशे मन्त्रमा उनले आफ्नो स्वर दिएकी हुन्। जसको भिडियोलाई रामजी लामिछानेले निर्देशन गरेका छन्।



निता आफैँ भिडियोमा अभिनय गरेकी छन्। गायनमा पहिल्यैदेखि रुची भएकाले यो गीत गाएको उनले बताइन्। ‘मलाई गाउन पहिलेदेखि नै मन लाग्थ्यो। सुरुवात एउटा भजनबाट गरेकी हुँ,’ उनले भनिन्। गणेश भगवानको भजन भएकाले उनले गणेश चतुर्थीकै दिन गीत सार्वजनिक गरेको बताइन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट