सुरेश रैनाले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास-Sutra News

सुरेश रैनाले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास

सोमबार, १ भाद्र २०७७

सोमबार, १ भाद्र २०७७

काठमाडौं–भारतीय क्रिकेटर सुरेश रैनाले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन्। पूर्वकप्तान महेन्द्र सिहं धोनीले सन्यासको घोषणा गरेको एक घन्टा नबित्दै ३३ वर्षीय रैनाले सन्यासको निर्णय लिएको भारतीय सञ्‍चारमाध्यमहरुले जनाएका छन्।



धोनीसँग खेल्नु आफ्नो खेल जीवनको सुःखद पक्ष रहेको इन्स्टाग्राममा उल्लेख गर्दै धोनीसँगै खेलबाट सन्यास लिन पाउँदा आफूलाई गौरव महसुस भएको बताएका छन्। उनले सबै समर्थकलाई पनि धन्यवाद पनि दिएका छन्।

रैनाले सन् २००५ मा श्रीलंक विरुद्धको खेलमा एकदिवसीय खेलबाट करिअरको सुरुवात गरेका थिए। उनी त्यसबेला १९ वर्षका थिए। उनले तीनै प्रकारको अन्तर्राष्ट्रिय क्रिकेटमा शतक पूरा गर्ने पहिलो भारतीय क्रिकेटको रुपमा कीर्तिमान कायम राखेका छन्।

सन् २०११ मा धोनीको कप्तानमा भारतले विश्वकप जित्दा उनी पनि उक्त टिममा सहभागी थिए। रैनाले भारतीय टिमबाट २२६ एकदिवसीय खेलमा ५ हजार ६ सय १५ रन बनाएका छन्। जसमा ५ शतक र ३६ अर्धशतक सम्मिलित छ। त्यस्तै ७८ वटा ट्वान्टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा एक हजार ६ सय ५ रन बनाएका छन् । ट्वान्टी-२० मा एक शतक र ५ अर्धशतक प्रहार गरेका छन्।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट