कोरोना संक्रमणबाट विराटनगरमा एक जनाको मृत्यु-Sutra News

कोरोना संक्रमणबाट विराटनगरमा एक जनाको मृत्यु

शुक्रबार, ३० साउन २०७७

शुक्रबार, ३० साउन २०७७

काठमाडौं–कोशी अस्पताल विराटनगरमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ। उपचारको क्रममा सिराहको विष्णुपुर गाउँपालिका-१ का ४० वर्षिय पुरूषको बिहीबार राति मृत्यु भएको हो।



निमोनिया भएर स्वासप्रश्वासमा समस्या भएका बिरामीको उपचारको क्रममा मृत्यु भएको कोशी अस्पतालका सुपरिटेन्डेन्ट डाक्टर चुमनलाल दासले जानकारी दिएका छन्।

अस्पतालका अनुसार मृतक मंगलबार राति अस्पतालको आइसालेशनमा भर्ना भएका थिए। उपचारको क्रममा रहेका उनलाई कोरोनाको लक्षण देखिएपछि बिहीबार दिउँसो ११ बजे स्वाब संकलन गरि परीक्षणको लागि पठाएको थियो।

प्रदेश जनस्वास्थ्य ल्याबमा गरिएको परीक्षणमा ७ बजे कोरोना पोजेटिभ आएको थियो । यसअघि कोशी अस्पतालमा चार जना कोरोना संक्रमितको मृत्यु भइसकेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट