जंगली च्याउ खाँदा एकैघरका चार बालबालिकाको मृत्यु-Sutra News

जंगली च्याउ खाँदा एकैघरका चार बालबालिकाको मृत्यु

बुधबार, १४ साउन २०७७

बुधबार, १४ साउन २०७७

जाजरकोट– जंगली च्याउको तरकारी खाँदा गम्भीर बिरामी परेका जारकोटको कुशे गाउँपालिका–१ स्याँक्रीका एकैघरका चार बालबालिकाको मृत्यु भएको छ । तीन बालबालिकाको मंगलबार र एकको सोमबार मृत्यु भएको हो । च्याउ खाएका अन्य चारजना बिरामी परेका छन् ।



स्याँक्रीका ५० वर्षीय टेकबहादुर चलाउनेले ९ साउनमा जंजलबाट च्याउ टिपेर ल्याएका थिए । साँझ च्याउको तरकारी खाएका उनीहरूलाई त्यही रातिदेखि बिसन्चो भएको थियो । घरका आठैजना बिरामी परेकाले गाउँकै मेडिकलबाट औषधि लिएर खाएका थिए ।

उनीहरू च्याउ खाएको तीनदिनपछि सिकिस्त बिरामी परेका थिए । त्यसपछि मात्रै गाउँलेले उपचारका लागि प्रयास गरेका हुन् । यो समाचार नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट