प्रधान कार्यालय नक्सालमा कार्यरत थप २३ जना प्रहरीलाई कोरोना संक्रमण-Sutra News

प्रधान कार्यालय नक्सालमा कार्यरत थप २३ जना प्रहरीलाई कोरोना संक्रमण

मंगलबार, १३ साउन २०७७

मंगलबार, १३ साउन २०७७

काठमाडौं– प्रहरी प्रधान कार्यालय नक्सालमा कार्यरत २३ जना प्रहरीहरूमा कोरोना संक्रमण पुष्टि भएको छ । प्रहरीका प्रवक्ता निरजबहादुर शाहीले मंगलबार थप २३ जनामा संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् ।



प्रधान कार्यालयमा कार्यरत चार जनामा आइतबार कोरोना संक्रमण पुष्टि भएको थियो । उनीहरुको सम्पर्कमा आएकाहरुको परीक्षणका क्रममा थप संक्रमित भेटिएका हुन् । संक्रमित प्रहरीहरूलाई सशस्त्र प्रहरीको बलम्बु अस्पतालमा पठाउने तयारी भइरहेको प्रवक्ता शाहीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट