गोर्खाको तस्वीर अंकित स्टर्लिङ पाउण्ड निकाल्ने तयारी-Sutra News

गोर्खाको तस्वीर अंकित स्टर्लिङ पाउण्ड निकाल्ने तयारी

मंगलबार, १३ साउन २०७७

मंगलबार, १३ साउन २०७७

लण्डन– बेलायती सेनामा गोरखा सैनिकले पुर्याएको योगदानको कदर गर्दै बेलायत सरकारले पाउण्डको सिक्कामा गोरखाहरूको तस्विर अंकित मुद्रा निकाल्ने तयारी गरेको छ । ट्रेजरी मन्त्री जोन ग्लेनका अनुसार अर्थमन्त्री ऋषि सुनाकले यस किसिमको कदम छिट्टै चाल्न इच्छा व्यक्त गरेका कारण अब तयारीमा रहेको सोमबार लण्डनको एक कार्यक्रममा बताए ।



हालसम्म श्वेत बेलायतीबाहेक अन्य कुनै पनि समुदायका मानिसको तस्वीर अंकित सिक्का ननिकालिएको जनाइएको छ । सिक्का छाप्नका लागि कस्तो किसिमको बनाउने भन्नेबारे यसको ढाँचाका सन्दर्भमा कुरा भइरहेको र त्यसैका लागि सम्पूर्ण प्रस्ताव रोयल मिन्समा पेश गरिएको ट्रेजरी मिनिस्टरले जनाए ।

रोयल मिन्ट बेलायतमा सिक्का छाप्ने सरकारको स्वामित्व रहेको संस्था हो । यसले प्रत्येक वर्ष ६० भन्दा बढी देशको सिक्का छाप्ने काम गर्दछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट