स्याङ्जामा थप १८ जना प्रहरीमा कोरोना स‌ंक्रमण-Sutra News

स्याङ्जामा थप १८ जना प्रहरीमा कोरोना स‌ंक्रमण

सोमबार, १२ साउन २०७७

सोमबार, १२ साउन २०७७

काठमाडौं–स्याङ्जामा सोमबार थप १८ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ । स्याङ्जाका डीएसपी राजेन्द्र अधिकारीका अनुसार थप १८ जना प्रहरी कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको हो ।



यसअघि साउन ६ गते तीन जना प्रहरी कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको थियो । योसँगै जिल्ला प्रहरी कार्यालयमा मात्रै कोरोना संक्रमित हुने प्रहरी कर्मचारीको संख्या २१ पुगेको छ ।

गतहप्ता ६ गते तीन जना प्रहरी कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि जिल्ला प्रहरी कार्यालय परिसरमा सर्वसाधरण सेवाग्राहीलाई प्रवेश निषेध गरेर स्वाब संकलन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट