शनिबारदेखि वीरगञ्जमा अनिश्चितकालका लागि निषेधाज्ञा-Sutra News

शनिबारदेखि वीरगञ्जमा अनिश्चितकालका लागि निषेधाज्ञा

शुक्रबार, ९ साउन २०७७

शुक्रबार, ९ साउन २०७७

काठमाडौं- कोरोना संक्रमितको संख्या बढ्दै गएपछि वीरगञ्जमा अनिश्चितकालीन निषेधाज्ञा जारी गरिएको छ। शनिबारदेखि अर्को आदेश नभएसम्मका लागि जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेको हो।



प्रशासनले शुक्रबार राजनीतिक दलसँग छलफल गरेपछि निषेधाज्ञा लगाउने निर्णयमा पुगेको हो। वीरगञ्ज महानगरपालिका क्षेत्रमा अत्यावश्यक स्वास्थ्य उपचार बाहेक अन्य काममा सर्वसाधरणलाई घर बाहिर निस्कन प्रतिवबन्ध लगाउने निर्णय भएको सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिए।

वीरगञ्जमा अब अन्य जिल्लाबाट र विशेषगरी भारतबाट आउन पूर्ण प्रतिबन्ध लगाइएको छ। विशेषगरी छिमेकी मुलुक भारतको बिहारमा संक्रमितको संख्या बढ्दै गएकोले यस्तो निर्णय गरिएको हो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट