प्युठानमा ट्र्याक्टर दुर्घटना हुँदा सात जनाको मुत्यु-Sutra News

प्युठानमा ट्र्याक्टर दुर्घटना हुँदा सात जनाको मुत्यु

आइतबार, ४ साउन २०७७

आइतबार, ४ साउन २०७७

प्युठानमा ट्र्याक्टर दुर्घटना हुँदा सात जनाको मुत्यु भएको छ। स्वर्गद्वारी नगरपालिका–३ रुमालेमा गएराति लु२च ४२३४ नंको ट्र्याक्टर दुर्घटना भएको थियो।



स्वर्गद्वारी धरमपानीबाट भिङ्ग्रीतर्फ आउँदै गरेको ट्र्याक्टर दुर्घटना हुँदा भिङग्री–स्वर्गद्वारी सडकखण्डमा काम गर्ने कामदारको मुत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानका सूचना अधिकारी प्रहरी निरीक्षक विष्णुप्रसाद पौडेलले बताए।

भिग्री–स्वर्गद्वारी सडकखण्डमा काम गर्ने रोल्पा रुन्टिगढी गाउँपालिका–५ बाइजाका २१ वर्षीय सागर बस्नेत, २४ वर्षीय रिमबहादुर बस्नेत, १९ वर्षीय वीरेन्द्र बाठामगर, १९ वर्षीय थमन बाठामगर, २५ वर्षीय कविराम बस्नेत र गोबर्द्धन बुढामगरको मुत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा परी चालक त्रिवेणी गाउँपालिकाका रोल्पाका २५ वर्षीय कमल कुँवरको पनि मृत्यु भएको हो।

साउने सङ्क्रान्ति मानेर स्वर्गद्वारी धरमपानीबाट भिङ्ग्रीतर्फ आउँदै गरेको ट्र्याक्टर दुर्घटना भएको थियो। ट्र्याक्टरमा आठ जना सवारमध्ये एक ट्र्याक्टरबाट हामफलेर बाँच्न सफल भएको जनाइएको छ। सडकबाट करिब ५०० मिटर तल खसेको छ। शव आफन्तलाई बुझाउने तयारी भएको प्रहरी निरीक्षक पौडेलले बताए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट