भारतमा अन्तर्राष्ट्रिय उडान सुरु, अमेरिका र फ्रान्ससँग जहाज उडाउने सहमति-Sutra News

भारतमा अन्तर्राष्ट्रिय उडान सुरु, अमेरिका र फ्रान्ससँग जहाज उडाउने सहमति

शुक्रबार, २ साउन २०७७

शुक्रबार, २ साउन २०७७

छिमेकी देश भारतले तीन महिनापछि अन्तर्राष्ट्रिय उडान सुरू गर्ने निर्णय गरेको छ।



भारतले फ्रान्स र अमेरिकासँग उडानको सम्झौता गरेको हो। भारतीय अधिकारीका अनुसार अमेरिकाको उडान आजदेखि नै सुरु हुनेछ भने फ्रान्सतर्फ भोलिदेखि उडान हुनेछ।

भारतका नागरिक उड्डयनमन्त्री हरदीप सिंह पुरीले त्यहाँको ६० प्रतिशत घरेलु उडान तिहारसम्म सामान्य हुने बताए। उक्त समयसम्म कतिपय अन्तर्राष्ट्रिय उडान पनि नियमित हुने उनले बताए।

भारतले अमेरिका र फ्रान्ससँग गरेको सम्झौताअनुसार १८ जुलाईदेखि १ अगष्‍टसम्म एअर फ्रान्सद्वारा पेरिसबाट दिल्ली, मुम्बई तथा बेङ्गलुरुसम्म उडान हुनेछ।

मेरिकी एभियसन सर्भिस युनाइटेड एअरलाइन्सले १७ देखि ३१ जुलाईसम्ममा  भारत-अमेरिकाबीच १८ उडान गर्नेछ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट