मनकामना केबलकार एक दिन बन्द हुने-Sutra News

मनकामना केबलकार एक दिन बन्द हुने

बिहिबार, ६ बैशाख २०८१

बिहिबार, ६ बैशाख २०८१

काठमाडौं । मनकामना केबलकार शुक्रबार एक दिन बन्द हुने भएको छ । केबलकार टावरमा मर्मत गर्नु पर्ने भएकाले सेवा बन्द हुने भएको हो ।



मनकामना दर्शन प्रा.लि. नायब महाप्रबन्धक उज्ज्वल शेरचनका अनुसार सेवा शनिबारदेखि नियमित सञ्चालनमा आउने भएको छ ।

चितवनको इच्छाकामना गाउँपालिका ४ कुरिनटारबाट गोरखाको सहिदलखन गाउँपालिका ३ स्थित प्रसिद्ध धार्मिक स्थल मनकामना माईको मन्दिर जाने भक्तजनको सहजताका लागि २०५५ सालमा उक्त केबलकार सञ्चालनमा ल्याइएको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट