पहिचान पक्षधर डकेन्द्रसिंह लिम्बुको पक्षमा धराने मेयर साम्पाङ्गको अभियान-Sutra News

पहिचान पक्षधर डकेन्द्रसिंह लिम्बुको पक्षमा धराने मेयर साम्पाङ्गको अभियान

शुक्रबार, १६ चैत्र २०८०

शुक्रबार, १६ चैत्र २०८०

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले इलाम–२ मा पहिचान पक्षधर डकेन्द्रसिंह लिम्बुको पक्षमा सामाजिक सञ्जालमार्फत अभियान चलाएका छन् । सबैका साझा उम्मेदवार लिम्बु भएको भन्दै साम्पाङ्गले चुनावमा जिताउन अपिल गरेका छन् ।



देखिएका सबै उम्मेदवारमा लिम्बु नै सबैभन्दा सक्षम उम्मेदवार भएको साम्पाङ्गले बताएका छन् । स्वतन्त्ररुपमा उम्मेदवार बनेका लिम्बु सबैका साझा उम्मेदवार भएको उनको भनाई छ ।

दलीय उम्मेदवारले जनताको पक्षमा काम गर्न नसक्ने भन्दै साम्पाङ्गले स्वतन्त्र उम्मेदवारलाई जिताउनु नै जनताको हितमा हुने बताएका छन् ।

“स्वतन्त्र उम्मेदवारले मात्रै तपाइँहरुको कुरालाई अगाडि बढाउन सक्छ, भएका उम्मेदवारमा पनि उनी सबैभन्दा सक्षम भएको कारण पनि उनलाई डकेन्द्रसिंहलाई जिताउन आवश्यक छ”, साम्पाङ्गले भनेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट