तत्काललाई टर्‍यो ‘लोडसेडिङ’को जोखिम-Sutra News

तत्काललाई टर्‍यो ‘लोडसेडिङ’को जोखिम

बिहिबार, १५ चैत्र २०८०

बिहिबार, १५ चैत्र २०८०

काठमाडौं । भारतले थप तीन महिनाका लागि विद्युत आयातको अनुमति नवीकरण गरिदिएको छ । उर्जा मन्त्रालयका प्रवक्ता नवीनराज सिंहका अनुसार आगामी जुन अर्थात् असार दोस्रो सातासम्मको लागि आयात अनुमति नवीकरण भएको छ ।



भारतले विद्युत आयातका लागि अनुमति नवीकरण गर्न आनाकानी गर्दै आएको थियो । नेपाल सरकारले एक वर्षका लागि अनुमति सम्झौता गर्न खोजेपनि भारतले तीन महिनाका लागि मात्रै अनुमति नविकरण गरिदिएको हो ।

नेपालले इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आईएक्स)को डे–अडेड र रियल टाइम बजारमा प्रतिस्पर्धा गर्दै विद्युत खरिद गर्दै आएको छ । यो बजारमा नेपालले २०७८ देखि भाग लिँदै आएको छ ।

तर, यसपटक तीन महिनादेखि ताकेता गर्दा पनि भारतले नवीकरण गरेको थिएन । अनुमती नवीकरण हरेक वर्ष एक आर्थिक वर्षको लाग हुँदै आएको थियो ।

प्रवक्ता सिंहका अनुसार सम्झौताअनुसार ढल्केबर मुजफ्फरपुर प्रसारणलाइनबाट ५ सय मेगावाट र टनकपुर प्रसारणलाइनबाट ५४ मेटवाट विद्युत आउनेछ ।

योसँगै नेपालमा थप तीन महिनाका लागि लोडसेडिङ्गको जोखिम टरेको छ । तथापि, असारमा नेपालमा विद्युत पर्याप्त नभएको खण्डमा वा भारतले पुनः विद्युत नदिएको खण्डमा लोडसेडिङ्गको जोखिम कायमै रहेको छ ।

भारतले बिजुली आयात गर्ने अनुमति नवीकरण नगर्दा नेपालमा लोडसेडिङ्ग हुने त्रास फैलिएको थियो । यदि भारतबाट विद्युत नआएको खण्डमा न्यूनतम आठ घण्टासम्म लोडसेडिङ्ग हुनसक्ने विज्ञहरुको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट