चेन्नईसँगको खेल १ ओभरले ढिलो हुँदा शुभमन गिललाई १९ लाख जरिवाना-Sutra News

चेन्नईसँगको खेल १ ओभरले ढिलो हुँदा शुभमन गिललाई १९ लाख जरिवाना

बुधबार, १४ चैत्र २०८०

बुधबार, १४ चैत्र २०८०

काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल) टोली गुजरात टाइन्सका कप्तान शुभमन गिललाई १२ लाख भारु (१९ लाख २४ हजार रुपैयाँ) जरिवाना भएको छ ।



मंगलबार राति चेन्नई सुपर किंग्ससँग सम्पन्न खेलको फिल्डिङ निर्धारित समयभन्दा १ ओभर ढिलो सकिएको भन्दै कप्तान गिलमाथि कारबाही भएको समाचारमा जनाइएको हो ।

गिलले आईपीएलमा पहिलो पटक कप्तानी जिम्मेवारी सम्हालिरहेका छन् । गुजरातको दुई संस्करणमा हार्दिक पान्ड्याले कप्तानी गरेका थिए । उनी मुम्बई इन्डियन्स फर्किएसँगै उक्त जिम्मेवारी गिलको काँधमा आएको हो ।

गुजरातले पहिलो खेलमा मुम्बई इन्डियन्सलाई ६ रनले पराजित गरेको थियो । मंगलबार राति भएको खेलमा भने चेन्नईसँग ६३ रनले पराजित हुन पुग्यो ।

चेन्नईले दिएको २०७ रनको लक्ष्य पछ्याएको गुजरातले २० ओभरमा ८ विकेट गुमाउँदै १४३ रन मात्रै बनाएको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट