उठ्नै सकेन शेयर बजार-Sutra News

उठ्नै सकेन शेयर बजार

बुधबार, १४ चैत्र २०८०

बुधबार, १४ चैत्र २०८०

काठमाडौं । शेयर बजारमा करिब दुई सातादेखि नै लगातार गिरावट छ । दुई साताको बीचमा दुई कारोबार दिन सामान्य अंकले बढेपनि अन्य दिन लगातार बजार घटिरहेको छ ।



पछिल्लो साताको सुरुवाती कारोबार दिनदेखि नै घट्न थालेको बजारमा मंगलबार दोहोरो अंकले बृद्धि भएको थियो । निरन्तरको गिरावटपछि भएको बृद्धिपछि बजार उक्लिने धेरैको अपेक्षा थियो ।

तर, बुधबार बजार पुनः दोहोरो अंकले नै घटेको छ । सँगै बजारमा कारोबार रकम निराशा जगाउने खालको भएको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार बुधबार १०.८३ अंकले घटेको बजारमा कारोबार रकम जम्मा दुई अर्ब २३ करोड रुपैयाँको भयो । बुधबारको कारोबार रकम एक महिनायताकै कम हो ।

शेयर बजारमा एक महिनाअघि फागुन २१ मा बुधबारको भन्दा कम कारोबार भएको थियो । जुन दिन ३७ करोड ३७ लाख रुपैयाँको मात्रै कारोबार भएको थियो । ११७ प्रतिशतको बृद्धिपछि बजार बन्द हुँदा उक्त दिन ३७ करोड ३७ लाखमा कारोबार सीमित बनेको थियो ।

त्यसयताभन्दा निरन्तर नै तीन अर्ब हाराहारीमा कारोबार रकम रह्यो । योबीचमा सबैभन्दा बढी माघ २९ मा साढे चार अर्बको कारोबार भएको छ ।

बजारमा कारोबार घट्नुलाई लगानीकर्तामा देखिएको निराशाको रुपमा लिन सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट