महरालाई छाड्न कुनै दबाब र प्रभाव आएको होइन- आईजीपी-Sutra News

महरालाई छाड्न कुनै दबाब र प्रभाव आएको होइन- आईजीपी

बुधबार, १४ चैत्र २०८०

बुधबार, १४ चैत्र २०८०

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) बसन्त कुँवरले आफूहरूलाई पूर्वसभामुख कृष्णबहादुर महरालाई छाड्नका लागि कसैले दबाब नदिएको बताएका छन् ।



बुधबार बसेको राज्य व्यवस्था समितिको बैठकमा बोल्दै आईजीपी कुँवरले सुन तस्करीको विषयमा पहिलेदेखि महरामाथि अनुसन्धान भए पनि पक्राउपछि छाड्न कुनै तहबाट दबाब नभएको स्पष्ट पारेका हुन् ।

‘आयोगको प्रतिवेदन कार्यन्वय गर्ने शिलशिलामा उहाँ (महरा)को स्वास्थ्य अवस्था सबै कारणले हामी सचेत थियौँ, सोहीअनुसार उहाँलाई पक्राउ गर्यौं, अनुसन्धानका क्रममा उहाँलाई तारिखमा राखेर गर्ने भन्ने कुरा भयो, यसमा कुनै दबाब र प्रभाव भन्ने हुँदै होइन,’ उनले भने ।

यस्तै, उनले आफूहरूले थुनेरभन्दा पनि पहिले सुनेर मात्रै काम कारबाही अगाडि बढाउने विषयमा सचेत भएको बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट