नेपालले गुमायो तेस्रो विकेट-Sutra News

नेपालले गुमायो तेस्रो विकेट

सोमबार, १२ चैत्र २०८०

सोमबार, १२ चैत्र २०८०

काठमाडौं । त्रिवि क्रिकेट मैदानमा जारी पहिलो टी २० क्रिकेटमा सोमबार आयरल्यान्ड ‘ए’ ले दिएको १२२ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा पुगेको नेपालले तेस्रो विकेट गुमाएको छ ।



नेपालले तेस्रो विकेटका रूपमा गुलसन झालाई गुमाएको हो । उनी चार रन बनाउँदै पेभेलियन फर्किए ।

उनलाई आयरल्यान्डका बलर बेन ह्वाइटले कार्माइकलद्वारा क्याच गराए । ४.५ ओभरमा गुलसन आउट हुँदा नेपालले ३७ रन बनाएको थियो ।

यसअघि ओपनर आसिफ शेख, कप्तान रोहित पौडेल आउट भएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट