आम आदमीका नेता भन्छन्- केजरीवालले जेलबाट सरकार चलाउनु हुन्छ-Sutra News

आम आदमीका नेता भन्छन्- केजरीवालले जेलबाट सरकार चलाउनु हुन्छ

शुक्रबार, ९ चैत्र २०८०

शुक्रबार, ९ चैत्र २०८०

काठमाडौं । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई मदिरा नीति मामिलासम्बन्धि मुद्दामा बिहीबार राति ईडीले निवासबाट पक्राउ गरेको छ ।



पक्राउपछि ईडीले केजरीवाललाई आफ्नो कार्यालयमा लगेको थियो । ईडीकै कार्यालयमा आरएमएल अस्पतालबाट आएको चिकित्सकको टोलीले उनको उपचार गरेको थियो ।

ईडीको टोलीले केजरीवालसँग फेरि सोधपुछ सुरु गरेको छ । ईडीले साक्षीहरूको बयानका आधारमा उनीसँग सोधपुछ गरिरहेको हो । यसका लागि सूची तयार गरिएको छ । रिपोर्टका अनुसार उनले अनुसन्धानमा सहयोग गरेका छैनन् ।

यसै क्रममा भारतीय कंग्रेसका नेता राहुल गान्धी केजरीवालको परिवारलाई भेट्न जान सक्छन् । केजरीवालले ईडीको लकअपमा रात बिताए । आज आम आदमी पार्टीले केजरीवालको गिरफ्तारीको विरोधमा प्रदर्शन गर्ने भएको छ ।

केजरीवाललाई आज दिउँसो २ः३० बजे पीएमएलए अदालतमा पेश गरिने छ । ईडीले केजरीवाललाई हिरासतमा राख्ने प्रयास गर्ने छ । दिल्लीका मन्त्री आतिशीले केजरीवाल दिल्लीको मुख्यमन्त्री रहने बताए । उनले जेलबाट सरकार चलाउने दाबी गरे ।

यसबाहेक केजरीवालको गिरफ्तारीविरुद्ध सर्वोच्च अदालतमा सुनुवाइ हुनेछ । न्यायाधीश सञ्जीव खन्ना, न्यायाधीश बेला एम त्रिवेदी र न्यायाधीश एमएम सुन्दरेशको इजलासले यो सुनुवाइ गर्ने भएका छन् ।

यस मामिलामा ईडीको हिरासतमा रहेका बीआरएस नेता के. कविताले आफूलाई पक्राउ गर्न सर्वोच्च अदालतमा चुनौती दिएकी छन् । उनको निवेदनमा सुनुवाई सुरु भएको छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट