किएभमा रूसी क्षेप्यास्त्रद्वारा आक्रमण, १३ जना घाइते-Sutra News

किएभमा रूसी क्षेप्यास्त्रद्वारा आक्रमण, १३ जना घाइते

बिहिबार, ८ चैत्र २०८०

बिहिबार, ८ चैत्र २०८०

काठमाडौं । युक्रेनको राजधानी किएभमा बिहीबार रूसले गरेको क्षेप्यास्त्र आक्रमणमा परी कम्तीमा १३ जना घाइते भएको किएभ नगर सैनिक प्रशासन (केसीएमए)ले जनाएको छ ।



मध्य शेभचेन्किभ्स्की जिल्ला र पश्चिमी स्वयातोशिन्की जिल्लामा रहेका दुई अग्ला आवासीय भवनमा क्षेप्यास्त्रद्वारा आक्रमण भएपछि यसबाट भवन र वरपरका क्षेत्रमा समेत क्षति पुर्‍याएको छ ।

आक्रमणपछि मध्य पोडिल्स्की जिल्लामा रहेको एक ट्रान्सफर्मर सबस्टेसनमा आगलागी भएको थियो । रूसी सेनाले बुधबार राति युक्रेनविरुद्ध इस्केन्डर एम र किन्झाल नामक दुई ब्यालेस्टिक क्षेप्यास्त्र तथा ११ टीयू ९५ एमसी बम वर्षक विमानबाट २९ क्रुज क्षेप्यास्त्र प्रहार गरेको युक्रेनको वायु सेनाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट