कारोबारको पहिलो दिन सर्वोत्तम सिमेण्टको शेयरमा सर्किट-Sutra News

कारोबारको पहिलो दिन सर्वोत्तम सिमेण्टको शेयरमा सर्किट

मंगलबार, ६ चैत्र २०८०

मंगलबार, ६ चैत्र २०८०

काठमाडौं । बुक बिल्डिङ्गमार्फत आईपीओ निष्काशन गरी आएको सर्वोत्तम सिमेण्टको पहिलो कारोबार दिन आज सकारात्मक सकिर्ट लगेको छ ।



मंगलबार शेयर बजार खुलेको १० मिनेटमा नै सर्वोत्तमको शेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सकिर्ट लगेको हो । सोमबार मात्रै सर्वोत्तमको शेयर नेप्सेमा लिस्टिङ भएको थियो ।

जसमा सर्वोत्तमको न्युनतम १८५.३६ रुपैयाँ देखि ५५६.८ रुपैयाँसम्मको ओपनिङ रेञ्ज प्रदान गरिएको थियो । मंगलबार कारोबारको पहिलो दिन सर्वोत्तमको शेयर प्रतिकित्ता ५५६ रुपैयाँबाट सुरु भएको हो ।

बजार खुलेको ३० मिनेटसम्मको सर्वोत्तमको सेयर ५५ रुपैयाँले बढेर ६११.६० रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट