सुर्खेतको अख्तियार कार्यालय उजुरीका चाङ-Sutra News

सुर्खेतको अख्तियार कार्यालय उजुरीका चाङ

शनिबार, ३ चैत्र २०८०

शनिबार, ३ चैत्र २०८०

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतमा उजुरीको संख्या दुई हजार ३९ पुगेको छ ।



कर्णाली प्रदेशको १० जिल्लाबाट आएका अघिल्लो वर्षको ९४४ र चालु आवको एक हजार ९५ गरेर कूल उजुरीको संख्या दुई हजार ३९ पुगेको आयोगको कार्यालय सुर्खेतका सूचना अधिकारी रत्नचन्द्र गौतमले जानकारी दिए ।

शिक्षा, स्वास्थ्य, पूर्वाधार निर्माण, खानेपानी, कृषि वनलगायत क्षेत्रमा आर्थिक अनियमितता, भ्रष्टाचार गरेको आरोपमा उजुरी परेको उनको भनाइ थियो । उजुरीमध्ये ५४९ फछ्र्योट भएको र एक हजार ४९० फछ्र्योट हुन बाँकी रहेको उनले बताए ।

सूचना अधिकारी गौतमका अनुसार चालु आवमा जिल्लागत हिसाबले सबैभन्दा बढी सुर्खेतबाट २३७ र सबैभन्दा कम डोल्पाबाट ५८ उजुरी परेका छन् । स्थानीय तहका आधारमा सबैभन्दा बढी मुगुको सोरु गाउँपालिकाबाट ३९ उजुरी परेको आयोगको तथ्यांकले देखाउँछ ।

स्थानीय तहमा चालु आवमा ७६१ र गत वर्षको सरेको ५९८ गरी एक हजार ३५८ उजुरी परेकोमा हालसम्म ३७५ फछ्र्योट भइसकेका र ९८४ फछ्र्योट हुन बाँकी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट