सुनको सिक्री नपाएर विवाह रद्द गरेका बेहुला पक्राउ, लगिसकेका थिए २० लाखको दाइजो-Sutra News

सुनको सिक्री नपाएर विवाह रद्द गरेका बेहुला पक्राउ, लगिसकेका थिए २० लाखको दाइजो

मंगलबार, २९ फाल्गुन २०८०

मंगलबार, २९ फाल्गुन २०८०

काठमाडौं । प्रहरीले बारा कलैया उपमहानगर ४ सिनेमा चोकका बेहुला उमेश साह पक्राउ परेका छन् । प्रहरीले उनीसहित आठ जनालाई पक्राउ गरेको हो ।



दाइजोमा सुनको सिक्री नपाएको भन्दै विवाह मण्डपबाटै विवाह गर्न अस्वीकार गरेको उनलाई पक्राउ गरेको हो । उनले पर्साको वीरगञ्ज महानगर २४ रानीघाटका सुखल साहकी छोरी रमिता कुमारीसँग विवाहको तयारी गरेका थिए ।

बरमाला विधि भइसकेपछि विवाह मण्डपमा बेहुलाले सुनको सिक्री नदिएको भन्दै विवाह इन्कार गरेसँगै विवाद सुरु भएको थियो । बेहुलाले जन्ती फर्काउन खोजेपछि प्रहरी पुगेर बेहुलासहित आठ जनालाई पक्राउ गरेको हो ।

प्रहरीले पक्राउ परेकालाई आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय पर्सा पठाइएको छ । बेहुली पक्षका अनुसार बेहुला वीरगञ्ज महानगरको स्वास्थ्य शाखामा कार्यरत कम्प्युटर अपरेटर हुन् ।

नगद १२ लाख, मोटरसाइकलबापत तीन लाख २५ हजार, एक थान ल्यापटप र एक–एक थान सुनको औठी र हनुमानको माला दाइजो लेनदेन गरी विवाह गर्ने सहमति भएको थियो । यी सबै सामान बिहेअघि नै उनलाई प्रदान गरिसकेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट