यति एयरलाइन्स : विश्वमै अति असुरक्षित विमान कम्पनी !-Sutra News

यति एयरलाइन्स : विश्वमै अति असुरक्षित विमान कम्पनी !

मंगलबार, २४ पौस २०८०

मंगलबार, २४ पौस २०८०

काठमाडाैं । नेपालको निजी क्षेत्रको एयरलाइन्स कम्पनी यति एयरलाइन्स यात्रुलाई अति जोखिम हुने विश्वका खराब तीन एयरलाइन्सभित्र परेको छ । विश्वका जोखिमपूर्ण तीन एयरलाइन्स भित्र नेपालको यति एयरलाइन्स अति जोखिम हुने कम्पनी भित्र परेको उड्डयन सम्बन्धि समाचार प्रकाशन गर्ने टकर न्युज डट कोले उल्लेख गरेको छ ।



सुरक्षा मापदण्ड अपुग, अदक्ष चालक र एकदमै कमजोर नियामक एकदमै कमजोर भएकोले यति एयरलाइन्सलाई सन् २०२४ मा नेपालको अति जोखिम हुने विमान कम्पनीमा परेको जनाएको छ । टकरन्युज डट कोले सार्वजनिक गरेको सूची अनुसार यति एयरलाइन्सका दुर्घटनाका इतिहासले गर्दा पनि यसलाई चढ्न नहुनेको सूचिमा राखेको उल्लेख गरिएको छ ।

एयरलाइन्स रेटिङको तथ्यांकलाई आधार मानेर यति एयरलाइन्सलाई चढ्न नहुनेको सूचीमा समावेश गरिएको हो । सातामा तीन स्टारभन्दा कम नतिजा ल्याउनेलाई चढ्न नहुनेमा राख्ने गरिन्छ । नेपालको इतिहासमा यति एयरलाइन्स सबैभन्दा बढी दुर्घटना हुने एयरलाइन्स समेत हो ।

नेपालमा सञ्चालित यति एयरलाइन्सले हिमालयको उपस्थिति लगायत खतरनाक मौसम र खतरनाक उडान अवस्थाका लागि परिचीत क्षेत्रमा उडान गर्ने अनौठो चुनौतीको सामना गर्नुपरिरहेको उल्लेख गरेको छ । नेपालको समग्र उडान सुरक्षा कार्यसम्पादन औसतभन्दा माथी भएपनि यति एयरलाइन्सले गम्भीर चिन्ता व्यक्त गर्दै धेरै घातक दुर्घटनामा संलग्न भएको पनि उल्लेख छ ।

अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनले समेत नेपालको हवाई सुरक्षा मापदण्डमा रहेका कमिहरू पहिचान गरि देशको हवाई यात्रा सुधार गर्न प्राथमिकताका साथ सहयोगको लागि आह्वान गरेको उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट