अब ट्राफिक चेकजाँचमा नागरिक एपबाटै लाइसेन्स देखाए हुने-Sutra News

अब ट्राफिक चेकजाँचमा नागरिक एपबाटै लाइसेन्स देखाए हुने

सोमबार, १३ कार्तिक २०८०

सोमबार, १३ कार्तिक २०८०

काठमाडाैं । अब सवारी चलाउँदा सवारीचालक अनुमति पत्र बोक्न नपर्ने भएको छ । सरकारले नागरिक एपबाटै लाइसेन्स देखाए हुने व्यवस्थालाई कार्यान्वयनमा ल्याएसँगै बेग्लै अनुमतिपत्र नबाेके पनि हुने भएकाे हाे ।



राष्ट्रिय सूचना प्रविधि केन्द्रका अनुसार मन्त्रिपरिषदको निर्णयअनुसार नागरिक एपमा चालकले अन्तरआवद्ध गरेको सवारी चालक अनुमति पत्रलाई चेकजाँचका क्रममा मान्यता दिन थालिएको हो ।

सूचनामा भनिएको छ, ‘नेपाली नागरिकले ट्राफिक नियम उल्लंघन नगरी सवारी चलाउँदा चेकजाँचको बखतमा नागरिक एप मार्फत देखाएको सवारी चालक अनुमति पत्रलाई मान्यता दिने व्यवस्था देशव्यापी रुपमा कार्यान्वयनमा आएको व्यहोरा जानकारी गराउँदछौ । यदि नागरिक एपमा तपाईको सवारी चालक अनुमति पत्र लिंक भएको छैन भने कृपया आजै लिंक गर्नुहोस्’।

यसअघि नागरिक एपमा भएको लाइसेन्सलाई मान्यता नदिएको भन्दै नागरिक तथा सराेकारवाला तहबाट आलोचना भएकाे थियाे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट