सोसलसाइटमा जुकरबर्गको धमाल : १२ घण्टामा थ्रेड्सका प्रयोगकर्ता १ करोड ५० लाख नाघे, ट्विटरलाई खतरा-Sutra News

सोसलसाइटमा जुकरबर्गको धमाल : १२ घण्टामा थ्रेड्सका प्रयोगकर्ता १ करोड ५० लाख नाघे, ट्विटरलाई खतरा

बिहिबार, २१ असार २०८०

बिहिबार, २१ असार २०८०

मार्क जुकरबर्ग इन्टरनेटको दुनियाँमा कुनै नयाँ नाम होइन ।



उनकै स्वामित्वमा रहेको इन्स्टाग्रामको एप थ्रेड्सले सार्वजनिक भएको १२ घण्टा नबित्दै प्रयोगकर्ताको संख्या १ करोड ५० लाख नाघेको छ । बिहीबारदेखि औपचारिक सुरुवात भएको थ्रेड्सले एलन मस्कको ट्विटरलाई छिट्टै पछि पार्ने आँकलन प्रविधिजगतका जानकारहरूले गरेका छन् ।

हाल ट्विटरका दैनिक प्रयोगकर्ताको संख्या १७ करोड ६० लाख रहेका छन्।

यसअघि गएको नोभेम्बरमा सुरुवात भएको च्याटजीपीटीले सार्वजनिक भएको पाँच दिनमा १० लाख प्रयोगकर्ता पाएर कम समयमा १० लाख प्रयोगकर्ताको रेकर्ड राखेको थियो भने थ्रेड्सले १२ घण्टामै १ करोड ५० लाख प्रयोगकर्ता पाएर नयाँ रेकर्ड राखेको हो ।

थ्रेड्स एपको निर्माता इन्स्टाग्राम स्वयंलाई १० लाख प्रयोगकर्ताको आँकडा पार गर्न दुई महिना लागेको थियो ।

अर्बपति व्यापारी एलन मस्कको नियन्त्रणमा ट्विटर पुगेसँगै त्यसको विकल्पमा थ्रेड्सको निर्माण गरिएको हो । प्रविधि जगतका दुई हस्ती जुकरबर्ग र मस्क व्यापारिक प्रतिद्वन्दी समेत हुन् । बिहीबार सार्वजनिक भएसँगै ट्विटरमाथि चुनौती थपिएको विश्लेषण हुन थालेको छ ।

मस्कले गएको अक्टोबरमा ४४ अर्ब अमेरिकी डलरमा ट्विटरको स्वामित्व खरिद गरेका थिए । त्यस लगत्तै उनले हजारौं कर्मचारीलाई काम बाट निकाल्ने र कन्टेन्ट मोडरेसन देखि ट्विटर प्रयोगकर्ताले दैनिक पढ्न सक्ने ट्विटको सीमा समेत निर्धारण गरिएको छ ।

ट्विटर र थ्रेडबीच चर्को प्रतिष्पर्धा हुने ठानिएको समयमा ट्रम्पको ट्रुथमा हालसम्म मासिकरुपमा २० लाख सक्रिय प्रयोगकर्ता छन्।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट