अनुदानमा ११० किसानलाई सिँचाई मोटर वितरण-Sutra News

अनुदानमा ११० किसानलाई सिँचाई मोटर वितरण

मंगलबार, १२ असार २०८०

मंगलबार, १२ असार २०८०

सिरहाको गोलजार नगरपालिका-१३ ले ५० प्रतिशत अनुदानमा ११० घर परिवारलाई सिँचाई मोटर वितरण गरेको छ ।



वडा कार्यालयको नौ हजार र किसानको नौ हजार रुपैयाँ गरी १८ हजाको लगानीमा खरिद गरिएको सिँचाई मोटर एक कार्यक्रममको बीच वितरण गरिएको हो ।

स्थानीय किसानको आवश्यकता र माग अनुसार वडा कार्यालयद्वारा विनियोजित १० लाख रकम र वडावासी किसानद्वारा जम्मा गरिएको ५० प्रतिशत लगानीमा एक एचपीको दुई इन्च मोटर खरिद गरी आजबाट वितरण कार्य सूरु गरिएको वडा अध्यक्ष नन्दकुमार महतोले जानकारी दिए ।

किसानको माग अनुसार नै चालु आर्थिक वर्ष २०७९/८० मा किसानलाई सिँचाइ मोटर खरिदको लागि १० लाख विनियोजन गरिएको वडाअध्यक्ष महतोल जनाए । वडाको किसानलाई ५० प्रतिशत अनुदानमा सिँचाइ मोटर दिने योजना अनुसारै मोटर खरिद गरि आजबाट वितरण गर्न थालिएको हो ।

नगरका अन्य वडामा निःशुल्क बोर्डिङ र मोटर दिए पनि यस वडाले किसानसँग साझेदारीमा काम गरेको छ । यो नगरकै नमुना कार्य रहेको स्थानीय बुद्धिजीवि बताउँछन् ।

वडाले सार्वजनिक सूचना प्रकाशन गरी किसानले दिएको निवेदनको आधारमा आजबाट एक सय १० जनालाई मोटर वितरण गरिएको जनाएको छ ।

नगरकै सवैभन्दा बढी किसान रहेको वडा भएकाले कृषिक्षेत्रमा आफूले विषेश जोड दिएको वडा अध्यक्ष नन्द किशोर महतोले बताए । उनले वडाले जारी गरेको सूचनाको आधारमा निवेदन दिन आएका एकसय ६३ जना किसानमध्ये ११० जनालाई यो मोटर वितरण गरिसकिएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट