‘समयमा उद्धार भएको भए आमालाई बचाउन सकिन्थ्यो, चौथो दिन प्राण त्याग्नुभयो’-Sutra News

‘समयमा उद्धार भएको भए आमालाई बचाउन सकिन्थ्यो, चौथो दिन प्राण त्याग्नुभयो’

शनिबार, २ असार २०८०

शनिबार, २ असार २०८०
अमेजनको जङ्गलमा ४० दिनपछि उद्धार बालबालिकाले आफ्नो विमान दुर्घटनाको चार दिनसम्म पनि आमा जीवित रहेको जानकारी दिएका छन् ।
सो विमान दुर्घटनापछि घाइते भएकी आमाले प्राण त्याग्नुअघि आफ्ना सन्तानलाई यसबाट सुरक्षित स्थानतर्फ जान र ठुली दिदीलाई भाइ बहिनीहरूलाई सहयोग गर्न निर्देशन दिएको थिइन् ।
बिबिसीका अनुसार म्याग्डालेना मुकुटुईले आफ्ना छोराछोरीहरूलाई मद्दत खोज्न भनेकी थिइन, किनभने उनको प्राण गइरहेको थियो ।
बालबालिकाका बुबा म्यानुएल रानोकले भने, ‘जेठी छोरीले आमाले उनीहरूलाई दुर्घटनास्थलबाट बाहिर निस्कन र आफूलाई बचाउन आग्रह गरेकी थिइन् ।’
अघिल्लो हप्ता विमान दुर्घटना भएको ४० दिनमा फेला पारेपछि गत शुक्रबार उद्धार गरी हेलिकप्टरबाट जंगलबाट उनीहरूलाई बाहिर निकालिएको थियो ।
उनीहरूलाई देशको राजधानी बोगोटाको सैनिक अस्पतालमा लगिएको छ । अमेजनको अनकन्टार जंगलमा बिताएका ४० दिन बिताएका उनीहरूको उपचार पछि अहिले सामान्य अवस्थामा फर्किन थालेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट