हेमन्त रानाले ल्याए ‘टिकी’ यस्तो आयो म्युजिक भिडियो-Sutra News

हेमन्त रानाले ल्याए ‘टिकी’ यस्तो आयो म्युजिक भिडियो

शनिबार, ९ पौस २०७९

शनिबार, ९ पौस २०७९

गायक हेमन्त रानाको आवाज र हर्क साउदको रचना रहेको नयाँ गीत ‘टिकी’ सार्वजनिक गरिएको छ । जी.एच इन्टरटेन्मेन्टको अफिसियल यु-ट्युब च्यानल मार्फत उक्त म्युजिक भिडियो सार्वजनिक गरिएको छ । गीतमा संगीत सुशान्त गौतमको रहेको छ ।



सुलभ पहारीको निर्देशनमा बनेको म्युजिक भिडियोमा हरि हुमागाईंको छाँयाकन रहेको छ भने निमेश श्रेष्ठले सम्पादन गरेका हुन् । भिडियोमा रेश्मा घिमिरे र मनोज आर.सीको जोडि जमेको छ ।

गायक हेमन्तका थुप्रै गीतहरू चर्चामा छन् । उनका ‘लैजा रे, सुन साइँली, तिमी छौ र पो, दुबो फुल्यो’ लगायतका गीतहरू सुपरहिट छन् ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट