फिल्म ‘छक्का पञ्जा ४’ फागुनमा प्रदर्शन हुने, को को छन् कलाकार ?-Sutra News

फिल्म ‘छक्का पञ्जा ४’ फागुनमा प्रदर्शन हुने, को को छन् कलाकार ?

बिहिबार, ७ पौस २०७९

बिहिबार, ७ पौस २०७९

काठमाडौं – दीपकराज गिरी अभिनित फिल्म छक्का पञ्जा ४ आगामी फागनुमा रिलिज हुने भएको छ । बिहिबार फिल्मका निर्माता एवं अभिनेता गिरीले फिल्मको ‘फस्ट लुक’ र पोस्टर सार्वजनिक गरेका हुन् ।



पोष्टर सँगै फिल्मको रिलिज मिति पनि सार्वजनिक गरिएको छ । फिल्म फागुन १९ मा चलचित्र प्रदर्शनमा आउने उनले बताएका छन् । फिल्मले समसामयिक विषयवस्तु नै उठान गरेको उनले बताएका छन् ।

उनले भने “चलचित्र छायाङ्कनको बाँकी काम पूरा गर्दैछौँ” हेमराज विसीको निर्देशन रहेको चलचित्रमा दीपकसँगै दीपाश्री निरौला, केदार घिमिरे, बेनिशा हमाल, निर्मल शर्मा, नीर शाह, मलिना जोशी, राज आचार्यलगायतको अभिनय रहनेछ । फिल्मको कार्यकारी निर्मातामा केदारप्रसाद घिमिरे र निर्मल शर्मा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट