‘अवतार २’ मा ७३ वर्षे सिर्गोनी बनिन् १४ वर्षे किरी, पानीभित्रको सबै दृश्य बारे यसो भन्छिन्-Sutra News

‘अवतार २’ मा ७३ वर्षे सिर्गोनी बनिन् १४ वर्षे किरी, पानीभित्रको सबै दृश्य बारे यसो भन्छिन्

बुधबार, ६ पौस २०७९

बुधबार, ६ पौस २०७९

लसएञ्जल्स – अद्भुत, अलौकिक, अविश्वसनीय विश्व देखाउने जेम्स क्यामरुनको फिल्म ‘अवतारः द वे अफ वाटर’ले दर्शकलाई कैयौं मामलामा चकित बनाएको छ । पानीभित्र खिचिएको दृश्यदेखि लिएर सबै कलाकार र जीवजन्तुको इम्प्रेसनलाई फिल्मांकन गरिएपछि अब भने निर्देशक जेम्सले नयाँ कुराको खुलासा गरेका छन् ।



जेम्सका अनुसार जेक सुली र नेतीरीको सन्तानमध्ये एकको भूमिका प्रख्यात अभिनेत्री सिर्गोनी वीवरले निभाएकी छन् । उनको उमेर ७३ हो, तर फिल्ममा उनलाई केवल १४ वर्षको बालिकाको भूमिकामा देखाइएको छ ।

सन् २००९ मा रिलिज फिल्म ‘अवतार’ पछि यसको दोस्रो भागका रूपमा जेम्सले फिल्मको कथा अगाडि बढाउन यसको दुई मुख्य चरित्र जेक सुली र नेतीरीको परिवारलाई पनि अगाडि बढाएका छन् । ‘अवतारः द वे अफ वाटर’ मा जेक सुली र नेतीरीको चार सन्तान छन् । यसबाहेक दुवैले एक बच्चा धर्मसन्तानका रूपमा लिएका छन्, जसको नाम किरी हो ।

किरी ‘अवतार २’ को मुख्य भूमिकाहरूमध्ये एक हो, यही भूमिकालाई सिर्गोनीले उत्कृष्ट ढंगले निभाएकी छन् । यदि ‘अवतार २’ मा ज्याक र नेतीरी किरीका वास्तविक आमाबाबु होइनन्, त्यसो भए उनको आमाबाबु को हुन् त ? किरी पहिलो भागमा देखाइएका डाक्टर ग्रेस अगस्टसकी छोरी हुन् । जसलाई ज्याकले धर्मसन्तानका रूपमा अपनाएका हुन्छन् ।

फिल्म स्रोतका अनुसार सिर्गोनीलाई फिल्ममा यसकारण किरी चरित्रमा लिइयो कि पहिलो भागमा डा. ग्रेसको निधनपछि उनको सम्बन्ध एवासँग जोडिएको देखाइएको थियो । ‘अवतार २’ मा किरीको सम्बन्ध पनि एवासँग जोडिएको छ ।

७३ वर्षकी सिर्गोनीलाई १४ वर्षकी युवतीको भूमिका निभाउन निकै चुनौतीपूर्ण थियो । किनकि उनले कथा अनुसार आफूले हाउभाउ दिनु थियो । चरित्रअनुसार उनले आफूभित्र चुलबुलेपन ल्याउनुपर्ने थियो ।

निर्देशक जेम्सका अनुसार सिर्गोनीलाई १४ वर्षीया युवतीको भूमिकामा ढाल्नका लागि उनलाई बच्चाको दिमाग जस्तै बन्न भनिएको थियो । त्यसपछि जेम्सले वीवरलाई युवतीहरूसँग वर्कसप गराएका थिए । फिल्ममा कीरीले गरेको कुदाई, पानीभित्रको सबै दृश्य बडी डबलबाट गरिएको हो । जेम्सका अनुसार बच्चाको भूमिका निभाउँदा निभाउँदै सिर्गोनी साँच्चै बच्चा जस्तै भएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट