प्रतिनिधिसभाभन्दा प्रदेशमा महिला सांसद धेरै-Sutra News

प्रतिनिधिसभाभन्दा प्रदेशमा महिला सांसद धेरै

बुधबार, २८ मंसिर २०७९

बुधबार, २८ मंसिर २०७९

काठमाडौं – प्रतिनिधिसभाभन्दा प्रदेश सभामा महिला सांसद संख्या धेरै देखिएको छ । निर्वाचन आयोगले बुधबार सार्वजनिक गरेको अन्तिम परिणामअनुसार प्रतिनिधिसभा भन्दा प्रदेश सभामा महिला सांसदको संख्या धेरै देखिएको हो ।



प्रतिनिधिसभातर्फ २७५ र प्रदेशसभातर्फ ५५० जना गरी कूल ८२५ जना निर्वाचित भएका छन् । जसमध्ये प्रतिनिधिसभातर्फ ९१ जना अर्थात् ३३ दशमलव १० प्रतिशत महिला निर्वाचित भएका छन् भने प्रदेशसभातर्फ २०० जना अर्थात् ३६ दशमलव ३६ प्रतिशत महिला सांसद निर्वाचित भएका छन् ।

आयोगले प्रतिनिधि सभातर्फको अन्तिम परिणाम भोलि राष्ट्रपतिसमक्ष पेस गर्ने जनाएको छ भने प्रदेश सभाको अन्तिम परिणाम यही पुस २ गते प्रदेश प्रमुखसमक्ष पेस गर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट