वेस्ट इन्डिजसँग भारत ५ विकेटले पराजित-Sutra News

वेस्ट इन्डिजसँग भारत ५ विकेटले पराजित

मंगलबार, १७ साउन २०७९

मंगलबार, १७ साउन २०७९

वेस्ट इन्डिजले दोस्रो टी २० खेलमा भारतलाई ५ विकेटले पराजित गर्दै पाँच खेलको शृंखला १-१ को बराबरीमा पुर्‍याएको छ । १३९ रनको विजयी लक्ष्य पछ्याएको वेस्ट इन्डिजले १९.२ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्‍यो ।



ओपनर ब्रेन्डन किंगले सर्वाधिक ६८ रन बनाए  ।  भारतका अर्शदीपसिंह, रविन्द्र जडेजा, रविचन्द्रन आश्विन, आवेश खान र हार्दिक पान्ड्याले एक एक विकेट लिए ।

त्यस अघि  टस हारेर पहिला ब्याटिङ गरेको भारत १९.४ ओभरमा सबै विकेट गुमाउँदै १३८ रनमा समेटियो । भारतका हार्दिक पान्ड्याले सर्वाधिक ३१ रन बनाए । यस्तै,  रविन्द्र जडेजाले २७ र ऋषभ पन्तले २४ रनको योगदान गरे ।

बायाँ हाते तीव्र गतिका बलर ओबेद म्याककोयको कीर्तिमानी ६ विकेटसँगै भारतका कुनै पनि ब्याटर खुलेर खेल्न सकेनन् ।

यसअघि पहिलो खेलमा भारत ६८ रनले विजयी भएको थियो । तेस्रो खेल आज  हुनेछ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट