चर्चामा मन्त्री श्रेष्ठ- भाषण र गर्जन बढी, काम उस्तै-Sutra News

चर्चामा मन्त्री श्रेष्ठ- भाषण र गर्जन बढी, काम उस्तै

बिहिबार, १३ माघ २०७८

बिहिबार, १३ माघ २०७८

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा सरकारका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले केहीदिन यता आफ्नो गर्जन बढाउँदै आएका छन् । खासगरी उनले विदेशमा अलपत्र पर्ने र पार्नेहरुको विषयलाई लिएर आफ्नो गर्जन बढाएका हुन् ।



उनले आज बिहीबार मन्त्रालयमा भिजिट भिसामा विदेश गएकाहरुसंग कुराकानी गर्दै आश्वासनसमेत दिलाए । उनले भिजिट भिसामा विदेश पुर्‍याई नेपाली नागरिकलाई अलपत्र बनाउने वैदेशिक रोजगार व्यवसायीलाई सरकारले कारबाही गर्ने बताएका छन् ।

उनले आकर्षक रोजगारीको प्रलोभन देखाई विदेशमा अलपत्र बनाउने दलाल र म्यानपावर कम्पनीको फन्दाबाट जोगाउन सरकारले मन्त्रालयका उपसचिव तथा सीआईबीका प्रहरी नायब उपरिक्षक सम्मिलित मार्सल टिम गठन गरेको बताए । मन्त्री श्रेष्ठले भिजिट भिसामा यूएई लगेर अलपत्र बनाउने दलाललाई क्षमासमेत दिन नमिल्ने भन्दै सरकारले दलाललाई खोजीखोजी कारबाही गर्ने बताए ।

‘कोमलराज उपाध्याय भन्नेजस्ता धेरै व्यक्ति यूएईमा छन् भन्ने सुन्नमा आएको छ । म यही मिडियाबाट कोमलराज उपाध्यायलाई भन्न चाहन्छु भने अब पानी मूनि गए पनि तपाईंले गरेका अपराध छोडिँदैन,’ उनले भने ‘मान्छेबाट गल्ती हुनसक्छ तर यो गल्ती स्वीकार गर्न सकिने गल्ती छैन । तपाईंलगायत युएईमा बसेर नेपाली सोझा मानिसलाई दुःख दिने काम गर्नेहरूलाई यो सरकारले छोड्नेवाला छैन ।’

त्यसो त उनले केहीदिन अगाडी सम्बन्धित मेनपावरमा गएर ठग्न खोज्ने कसैलाई  पनि नछाड्ने कारबाही गर्ने बताएका थिए । तर उनले जे भने पनि अलपत्र पार्नेहरुको संख्यामा कमि हुन सकेको छैन ।

 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट