राष्ट्रियसभा निर्वाचनका लागि जनकपुरमा निर्वाचन अधिकृत कार्यालय स्थापना-Sutra News

राष्ट्रियसभा निर्वाचनका लागि जनकपुरमा निर्वाचन अधिकृत कार्यालय स्थापना

बिहिबार, १५ पौस २०७८

बिहिबार, १५ पौस २०७८

माघ १२ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि जनकपुरधाममा निर्वाचन अधिकृतको कार्यालयको स्थापना गरिएको छ ।



बिहीबार प्रदेश निर्वाचन कार्यालयमै निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो । निर्वाचन आयोगले प्रदेश २ को निर्वाचन अधिकृतमा धनुषा जिल्ला अदालतका मुख्यन्यायाधीश ब्रजेश प्याकुरेललाई नियुक्त गरिसकेको छ । उनले पदभार समेत ग्रहण गरिसकेका छन् । राष्ट्रिय सभाको लागि निर्वाचनस्थल जनकपुरधाममा रहेको महेन्द्रनारायण निधि संग्रहालयलाई तोकिएको छ ।

प्रदेश २मा १०४ प्रदेश सभा सदस्य २ सय ६८ जना स्थानीय तहका प्रमुख र उपप्रमख  रहेका छन् । यस हिसावले प्रदेश २ का ३७२ जना मतदाता रहेका छन् । राष्ट्रिय सभाको निर्वाचनमा प्रदेश सांसद, स्थानीय तहका प्रमुख र उपप्रमुख मतदान गर्न पाउने प्रावधान रहेको छ ।

निर्वाचन अधिकृत कार्यालयको उद्घाटनमा धनुषा जिल्लाका मुख्यन्याधिश तथा निर्वाचन अधिकृत ब्रजेश प्याकुरेल, धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोला, प्रदेश २ निर्वाचन कार्यालयकी प्रमुख पुष्पा झाको उपस्थित रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट