देउवासँग ‘पावर’ मात्र छैन, उत्तिकै छन् ‘चुनौती’ पनि  -Sutra News

देउवासँग ‘पावर’ मात्र छैन, उत्तिकै छन् ‘चुनौती’ पनि  

शुक्रबार, ९ पौस २०७८

शुक्रबार, ९ पौस २०७८

काठमाडौँ । प्रधानमन्त्री समेत रहेका नेपाली काँग्रेसका नेता १४ औं महाधिवेशनबाट भारी मतका साथ विजयी भए ।



उनी झन् शक्तिशाली बनेका छन् । एक त कार्यपालिका प्रमुख भने अर्को नेपाली काँग्रेसको सभापति पनि ।

समूहगत उम्मेदवारी परेको सत्तारूढ दलको आन्तरिक प्रतिस्पर्धामा दुई तिहाइभन्दा बढी पदहरूमा संस्थापन पक्षले जित हासिल गरेको छ ।

काँग्रेसमा कोटाबाट पनि विभिन्न पदमा नेताहरु निर्वाचित भएका छन् । धेरैजसो देउवाकै पक्षका रहेका छन् ।

यसले देउवा थप शक्तिशाली भएका छन् ।

देउवा शक्तिशाली भएका छन् तर उनीसंग चुनौती पनि थुप्रै रहेका छन् । काँग्रेसमा महामन्त्री गगन थापा देउवा भन्दा फरक प्यानलका हुन् । थापाले कस्तो एजेन्डा उठाउलान भन्ने कुरा पनि देउवाका लागि चुनौतीकै विषय हो ।

देउवासँग चुनाव हारेका शेखर कोइराला पनि कमजोर छैनन् । अब उनको प्रतिस्पर्धा देउवासंग हुनेछ । उनले पनि देउवालाई अप्ठ्यारो पार्ने गरी एजेन्डा उठाउन सक्ने नेताहरुले बताउंदै आएका छन् । देउवा र उपसभापति पूर्णबहादुर खड्काबाहेक बाँकी जना ११ पहिलो पटक पदाधिकारीमा चयन भएका हुन्।

खुलातर्फका ३५ केन्द्रीय सदस्यमा महिलाको प्रतिनिधित्व हुन सकेको छैन। यो पनि देउवाको लागि ठुलै चुनौती मानिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट