Logo

के तपाईलाई डिप्रेसन त छैन : यस्ता हुन्छन् लक्षणहरू, यसरी गरिन्छ उपचार



डिप्रेसन एक प्रकारको मानसिक रोग हो । यसलाई मानिसहरूले धेरै ठूलो रोगको रूपमा लिन्छन् । यसको उपचार समयमै गर्न सकियो भने निको पनि हुन्छ । डिप्रेसनले सोचाइ र व्यवहारमा असर गर्छ । डिप्रेसन मानिसलाई हुने रोगहरूमध्ये प्रमुख रोग हो ।

समयमै उपचार भएन भने कहिलेकाहीँ यसले ठूलो समस्या निम्त्याउन सक्छ । घरपरिवार, समाज, आफन्तको डरले गर्दा मानिसहरू यसबारे खुलेर कुरा गर्न सक्दैनन् ।

डिप्रेसन एक मानसिक समस्या हो । यो समस्या भएका व्यक्तिको मन निराश हुने, थकानको महसुस हुने, आत्मविश्वासमा कमी आउने, सधैँ नरमाइलो लाग्ने, काम गर्न मन नलाग्ने, दिक्क लाग्ने आदि लक्षण देखिन्छन् ।

डिप्रेसन भएका मानिसको निद्रा र खानाको गडबडी हुने, कसैसँग बोल्न मन नलाग्ने इच्छाशक्तिमा कमी, हरेस खाने, केही गर्न सक्दिनँ भन्ने सोच आउन सक्छ । यति मात्रै हैन, डिप्रेसन भएका मानिसमा आत्महत्याको सोच आउने समस्या पनि भेटिन्छ ।

टाउकोमा चोट लागेका मानिस, मुटुमा समस्या हुने मानिस, थाइराइडको समस्या हुनेहरूमा डिप्रेसन हुने सम्भावना हुन्छ ।

टाउको, पेट, छाती वा हातखुट्टा दुख्ने, अपच हुने, केटाकेटीहरूलाई डिप्रेसन भएमा खेल्न नमान्ने, झगडा गर्ने, विद्यालय नजाने जस्ता लक्षण पनि देखापर्छन् । डिप्रेसन भएको अवस्थामा हलचल नगरी बसिरहने, खाना खाँदै नखाने वा बोल्दै नबोल्ने पनि हुन सक्छ ।

यसरी हुन्छ उपचार
डिप्रेसनको पहिलो अवस्था हो भने काउन्सिलिङबाट मात्र पनि उपचार गर्न सकिन्छ । त्यसपछिका अवस्थामा औषधि प्रयोग गर्नुपर्ने हुन्छ ।

केही समय औषधि प्रयोगपछि डाक्टरको सल्लाहअनुसार छोड्न सकिन्छ । कहिलेकाहीँ औषधिको साइड इफेक्ट पनि हुन सक्छ ।

विशेषज्ञ चिकित्सकको सहयोगले डिप्रेसन हुने समस्याबाट मुक्त हुन सकिन्छ ।

 

प्रकाशित मिति : ३१ आश्विन २०७८, आईतवार ०८:३६

सर्वाधिक धेरै पढिएको

बिज्ञापन

सूचना विभाग दर्ता नं.
१९८१/०७७-०७८
विज्ञापनका लागि
Phone : 01-4468271 / 01-4485113 ( 9851060256 / 9801973820 )
Email : [email protected] / [email protected]

सम्पर्क

Sutra Media Pvt.Ltd
Bhakti Sadak Marg 10 New Baneshwor
फोन : +977- 01- 4468271 / 01 - 4485113
[email protected] [email protected]

हाम्रो टिम

  • अध्यक्ष / प्रकाशक :
    केशब खड्का
  • सम्पादक :
    लक्ष्मण सिटौला
  • प्रबन्ध सम्पादक :
    ईश्वर अर्याल