देउवाकी सासु राजदूतबारे ओलीको व्यंग्य : यो केटाकेटी खेल हो? जनता झुक्याउने?-Sutra News

देउवाकी सासु राजदूतबारे ओलीको व्यंग्य : यो केटाकेटी खेल हो? जनता झुक्याउने?

बिहिबार, ७ असोज २०७८

बिहिबार, ७ असोज २०७८

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजदूत फिर्ता बोलाएकोमा आक्रोश पोखेका छन् । आफ्नो भाग पुर्‍याउन, कार्यकर्ता भर्ती गर्न योग्य काबिल राजदूतहरुलाई फिर्ता बोलाएको आरोप लगाए । ‘राम्रो काम गरिरहेका, विशेषज्ञ, पिएचडी, बेस्ट एम्बेस्डर अवार्ड पाएका राजदूत फिर्ता गरेको छ । किनभन्दा आफ्नालाई भाग दिनुपर्‍यो । पठाउनुपर्‍यो,’ उनले भने ।



बिहीबार राष्ट्रियसभा गृहमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले पक्षपात गरेको भन्दै देखाउन थपिएको समय सकिन ७ दिन बाँकी रहेकी जापानकी राजदूत प्रतिभा राणालाई फिर्ता बोलाएर जनता झुक्याउन खोजेको आरोप लगाए । राणा प्रधानमन्त्री शेरबहादुर देउवाकी सासु हुन् । राणाको कार्यकाल अगाडि नै सकिए पनि ओली सरकारले थपेको थियो ।

‘जापानको महामहिम पनि फिर्ता बोलाए छ । उहाँ अबको ७ दिनभित्रै फर्किनै पर्थ्यो । हामीले केही समयका लागि समय थपेका थियौ । त्यो सकिँदै थियो । तर, पक्षपात गरेको छैन भन्ने देखाउन आफ्नोलाई पनि फिर्ता बोलायौं रे । कस्तो छलि कुरा ? पहिले नै तय भइसकेको कुरा, सेप्टेम्बर फिर्ता आउने कुरालाई फिर्ता भनेर ल्याएर जनता झुक्याउने ? यो केटाकेटी खेल हो ? जनता झुक्याउन अब सकिँदैन,’ उनले भने ।

ओलीले ‘एमालेको दुई वर्ष सरकार टिक्ने हो भने विचराहरूको सटर बन्द हुन्थ्यो, घ्यार्र सटर बन्द । राजनीतिक सटर बन्द हुन्थ्यो’ त्यसैकारण हटाएको आरोप लगाए । फाइल तस्बिर । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट