कांग्रेस अधिवेशन: त्रियुगा नगर सभापतिमा खड्का र चौधरीको प्रतिस्पर्धा-Sutra News

कांग्रेस अधिवेशन: त्रियुगा नगर सभापतिमा खड्का र चौधरीको प्रतिस्पर्धा

बिहिबार, २४ भाद्र २०७८

बिहिबार, २४ भाद्र २०७८

उदयपुर- नेपाली कांग्रेस त्रियुगा नगर समितिको २७ भदौमा हुने नगर समितिको अधिवेशनका लागि धमाधाम उम्मेदवारी घोषणा भइरहेको छ । त्रियुगा नगर सभापतिमा प्रकाशकुमार खड्का र सुमन चौधरीले उम्मेदवारी घोषणा गरेको छ । 



अहिलेसम्म दुई जनाको उम्मेदवारी परेको अन्तिम समयसम्म यो संख्या घटबढ हुन सक्ने बताइएको छ । त्रियुगा नगर समिति सचिव चौधरी र  खड्काले कांग्रेसको १४औं महाधिवेशनमा नगर सभापतिको पदमा आफ्नो उम्मेदवारी रहने बताएका छन् ।

अहिलेको १४ औं महाधिवेशनमा पाका र पुराना नेतालाई सम्मान गर्दै युवा नेतृत्वले पार्टीमा अवसर पाउनुपर्ने चौधरीले बताए । उनले जनताको सेवाको लागि राजनीतिमा आएको भन्दै त्यसैका लागि १४औं महाधिवेशनमा आफूले नगर सभापतिमा उम्मेदवारी दिएको बताए ।

त्यसैगरी, खड्काले नगरपालिकामा कांग्रेसको संगठनलाई सुदृढीकरण गर्ने र मजबुत बनाउने योजनासहित नगर सभापतिमा उम्मेदवारी दिएको बताए । खड्का वडा नं. १० का वडाध्यक्षसमेत हुन् । खड्का संस्थापन पक्ष हुन् भने चौधरी रामचन्द्र पौडेल प्यालनका हुन् ।

खड्का प्यानलबाट उप सभापतिमा निरबहादुर आले मगर, गणिता कुमारी चौधरी, सचिवमा केशवप्रसाद पौडेल, भविन्द्र राई, सहसचिवमा फुलकुमारी अधिकारी (कल्पना) र अर्जुनकुमार राउतको उम्मेदवारी परेको छ । 

त्यसैगरी चौधरीको प्यानलमा उपसभापति उमेश बुढाथोकी र शर्मिला थापा (सबु), सचिव रुद्रप्रसाद पोखरेल र धनबहादुर कटुवाल (डिबी), सहसचिवमा किरण कोदारे दनुवार र नबिन राईको उम्मेदवारी रहेको छ । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट