संसद् अधिवेशनबारे छलफल गर्न कांग्रेस संसदीय दलको बैठक बस्दै-Sutra News

संसद् अधिवेशनबारे छलफल गर्न कांग्रेस संसदीय दलको बैठक बस्दै

मंगलबार, २२ भाद्र २०७८

मंगलबार, २२ भाद्र २०७८

काठमाडौं- नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्ने भएको छ । भोलि (२३ भदौ) मा बोलाइएको संघीय संसद् अधिवेशनबारे छलफल गर्न कांग्रेस संसदीय दल बैठक बस्न लागेको हो ।



बैठक दिउँसो २ बजे नयाँ बानेश्वरस्थित संघीय संसद् भवन ल्होत्से हलमा बस्ने कांग्रेस संसदीय दलको कार्यालयले जनाएको छ । केपी ओली नेतृत्वको सरकारले ल्याएको बजेट, अध्यादेश, एमसीसीलगायतका विषयमा रणनीति बनाउन बैठक बोलाएको हो ।

कांग्रेस सभापति शेरबहादुर देउवाले नेतृत्व गरेको सरकारले ५७औं दिन बितिसक्दा पनि मन्त्रिपरिषद् विस्तार र प्रधानमन्त्रीको सचिवालयलाई पूर्णता दिन नसकिरहेका बेला कांग्रेसले संसदीय दलको बैठक बोलाएको हो ।

बैठकमा कांग्रेसबाट मन्त्री हुनेहरूका बारेमा पनि छलफल हुने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट