कांग्रेस महाधिवेशन : ५० वडामा आज मतदान हुँदै-Sutra News

कांग्रेस महाधिवेशन : ५० वडामा आज मतदान हुँदै

सोमबार, २१ भाद्र २०७८

सोमबार, २१ भाद्र २०७८

दाङ- नेपाली कांग्रेस दाङले आज सोमबार वडा तहको अधिवेशन गर्दैछ । कांग्रेसले १४ औँ महाधिवेशनबाट नयाँ नेतृत्व छनोटका लागि तल्लो तहमा अधिवेशन गर्न लागेको हो ।



जिल्लाका ५० वडामा सहमति भइसके पनि बाँकी ५० वडामा सोमबार मतदानमार्फत् नयाँ नेतृत्व चयन हुने कांग्रेस दाङ सभापति कीर्तिबहादुर खड्काले जानकारी दिए । 

बिहान ७ बजेबाट मतदान प्रक्रिया सञ्चालन भइरहेको छ । वडा कार्यसमिति र क्षेत्रीय प्रतिनिधिका लागि निर्वाचन हुन लागेको हो ।

पाँच पटकसम्म कार्यतालिका परिवर्तनपछि १४औँ महाधिवेशन गर्न टुंगोमा पुगेको कांग्रेसले वडा तहको निर्वाचन शुक्रबारबाट थालेको हो ।

दाङमा भने तीन दिनपछि निर्वाचन हुन लागेको हो । जिल्लामा अधिकांश वडामा मूल नेतृत्वको लागि मात्रै निर्वाचन हुन लागेको जिल्ला निर्वाचन सहायक अधिकृत कुमार श्रेष्ठले जानकारी दिए । 

जिल्लामा वडा अधिवेशनका लागि मतदाता नामावली प्रकाशन, उम्मेदवारी दर्ता, दावी विरोध एवं उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिसकेको छ ।

खड्काका अनुसार क्षेत्र नम्बर १ मा ३७ वटा वडामध्ये २५ मा,  २ मा २७ मध्ये १० मा, ३ मा ३६ वडामध्ये १५ वटा वडामा सर्वसम्मत नयाँ नेतृत्व चयन भएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट