कोरोनाको मारमा ठमेल: कुनै बेलाको रंगीचंगी, अहिले दिउँसै बिरानो [भिडियो रिपोर्टिङ]-Sutra News

कोरोनाको मारमा ठमेल: कुनै बेलाको रंगीचंगी, अहिले दिउँसै बिरानो [भिडियो रिपोर्टिङ]

शुक्रबार, ८ साउन २०७८

शुक्रबार, ८ साउन २०७८

काठमाडौं- कोरोनाको दोस्रो लहरका कारण नेपालको हरेक क्षेत्रमा प्रत्यक्ष प्रभाव परेको छ । अघिल्लो र पछिल्लो लहरले लगभग पूरै वर्षभरि पूरा या आंशिक लकडाउनको अवस्थाबाट नेपाल गुज्रिनुपरेको छ ।



यतिखेर लकडाउन केही खुकुलो भएको छ । दोस्रो लहरका कारण गत २ महिनाभन्दा अघिदेखि बन्द रहेका व्यापार व्यवसाय तथा अन्य क्षेत्रहरु बिस्तारै सञ्चालनमा आएका आएका छन् ।

themel..jpg

विदेशी पर्यटकले भरिभराउ रंगीचंगी ठमेल कोरोना नियन्त्रण गर्न लगाइएको लकडाउन र निषेधाज्ञाको मारमा परेको छ । काठमाडौंकै अति व्यस्त ठाँउ ठमेलमा अन्त भन्दा बढी नै नकारात्मक प्रभाव परेको छ ।

निषेधाज्ञा खुलेको एक महिना हुनै लाग्दा पनि ठमेल सुनसान देखिएको छ । यतिखेर ठमेलको अर्को विडम्बना ठमेलका अधिकाशं सटरहरु बन्द रहेका छन् । फाटफुट केही पसलहरु खुले पनि ग्राहक छैनन् ।

themel..jpg

ठमेलका अधिकांश ग्राहक विदेशी पर्यटक हुन, तर कोरोनाका कारण पर्यटन क्षेत्र ठप्प रहेको छ । ठमेलका व्यवसायीहरु आफ्नो दैनिकी चलाउन मुश्किल हुन थालेको बताउँछन् ।

महंगो सटरभाडाको मारमा व्यवसायीहरु परेका छन् । कतिपय ह्याण्डीक्राफ्ट तथा पस्मिना व्यवसायका पसलहरु त कोरोनाको पहिलो लहरको लकडाउन पछि नै बन्द भएपछि अहिलेसम्म खुलेका छैनन् ।

त्यस्तै कतिपयले सटरको भाडा तिर्न नसकेर पसलको सामान त्यत्तिकै छोडेर हिँडेको समेत स्थानीय बताउँछन् । कतिपय सटरहरु बिक्रीमा समेत राखिएको छ ।

themel..jpg

कतिपयले भने लगातार पसल बन्द हुँदा सामान बिग्रने डर भएकाले पसल खोल्ने गरेका छन् । पसल खोलेर बसिरहेका एक व्यापारीले भने, ‘व्यापार हुन्छ भन्दा पनि समान बिग्रने डरले दिनको २ घन्टा पसल खोल्ने गरेका छौं ।’

त्यस्तै ग्राहकका अभावमा ठमेलका होटलहरु पनि प्रायः ठप्प छन् । व्यवसायीहरूले यसरी लकडाउन बढ्दै जाने हो भने आगामी दिनमा उठिबास लाग्ने बताउँछन् । सबै तस्बिर सूत्रन्युज 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट