लक्ष्यभन्दा रु आठ करोड बढी राजश्व सङ्कलन-Sutra News

लक्ष्यभन्दा रु आठ करोड बढी राजश्व सङ्कलन

आइतबार, ३ साउन २०७८

आइतबार, ३ साउन २०७८

विराटनगर- आन्तरिक राजश्व कार्यालय विराटनगरले आर्थिक वर्ष २०७७/७८ मा कूल रु आठ अर्ब ९३ करोड ३७ लाख ७६ हजार राजश्व सङ्कलन गरेको छ ।



सो अवधिमा रु आठ अर्ब ८४ करोड ४६ लाख २२ हजार राजश्व सङ्कलन गर्ने कार्यालयको लक्ष्य थियो । कार्यालयले लक्ष्यभन्दा रु आठ करोड ९१ लाख ५४ हजार बढी राजश्व सङ्कलन गर्न सफल भएको छ ।

कार्यालयबाट प्राप्त जानकारीअनुसार आव २०७७/७८ मा सङ्कलित राजश्वमा आयकर रु तीन अर्ब ५२ करोड १९ लाख १४ हजार, मूल्य अभिवृद्धि कर रु दुई अर्ब ५३ करोड ९० लाख १२ हजार र अन्तःशुल्क रु दुई अर्ब ८७ करोड २८ लाख ५० हजार रहेको छ ।

सो अवधिमा कार्यालयले आयकरमा १३० प्रतिशत, मूल्य अभिवृद्धि करमा १५७ प्रतिशत र अन्तःशुल्कमा ६४ प्रतिशत वार्षिक प्रगति हासिल गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट