शिक्षण संस्था बन्द गरिएको छैनः शिक्षामन्त्री-Sutra News

शिक्षण संस्था बन्द गरिएको छैनः शिक्षामन्त्री

सोमबार, १३ बैशाख २०७८

सोमबार, १३ बैशाख २०७८

चितवन- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले रहरले शिक्षण संस्था बन्द नगरिएको बताएका छन् ।



कृषि तथा वन विज्ञान विश्वविद्यालयको मंगलबार हुने दीक्षान्त समारोहमा सहभागी हुन आज आएका श्रेष्ठले भर्चुअल माध्यमबाट शिक्षण विधिलाई अगाडि बढाउन निर्देशन दिइएको जानकारी दिए । ‘आजदेखि ए लेभलबाट कुनै पनि परीक्षा नचलाउने निर्णय गरिएको छ’ उनले भने ।

उनले एक हजार ८०० विद्यार्थीको भविष्यसँग जोडिएका कारण भर्चुअल माध्यमबाट विश्वविद्यालयको दीक्षान्त समारोह गर्न लागिएको प्रष्ट पारे । उनले भने, ‘विधि र प्रक्रिया पुर्याउनका लागि मात्र कार्यक्रम गर्नुपरेको हो ।’

तत्काल सरकार बन्दाबन्दीका पक्षमा नरहेको जनाउँदै उनले थपे, ‘बन्दाबन्दी गर्नुपर्छ भन्ने पक्षमा अहिले सरकार छैन । स्वास्थ्य मापदण्डलाई पालना गरेर सबै हिँड्नुपर्यो ।’

परिस्थिति खतरा भयो भने बन्दाबन्दी पनि गर्नुपर्ने अवस्था आउन सक्ने उनको भनाइ थियो । मन्त्री श्रेष्ठले भने, ‘सरकार मात्र कराएर हुँदैन, जनता पनि सचेत हुनुपर्छ ।’ 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट