वैकल्पिक माध्यम प्रयोग गरी कक्षा सञ्चालन गर्न शिक्षामन्त्रीकाे आह्वान-Sutra News

वैकल्पिक माध्यम प्रयोग गरी कक्षा सञ्चालन गर्न शिक्षामन्त्रीकाे आह्वान

सोमबार, ६ बैशाख २०७८

सोमबार, ६ बैशाख २०७८

काठमाडौं- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठल वैकल्पिक कक्षा बन्द नगर्न आग्रह गरेका छन् । उनले नयाँ कोर्ष पुरा नहुन्जेलसम्म नियमित कक्षा सञ्चालन गर्न आग्रह गरेका हुन् ।



मन्त्री श्रेष्ठले ललितपुरमा आयोजित एक कार्यक्रमपछि पत्रकारसँग कुरा गर्दै स्वास्थ्य मन्त्रालयले तोकेको जिल्ला र शहरका विद्यालयमा भौतिक उपस्थितिमा कक्षा सञ्चालन नभएपनि अनिवार्य रूपमा वैकल्पिक माध्यम प्रयोग गरी कक्षा सञ्चालन गर्न आह्वान गरे ।

मन्त्री श्रेष्ठले स्वाथ्य तथा जनसंख्या मन्त्रालयले तोकेको मापदण्ड पालना गरी परीक्षाको सञ्चालन गर्न कुनै समस्या नहुने जानकारी दिए । उनले स्वाथ्य प्राटोकललाई कडाईकासाथ पालना गरी परीक्षा सञ्चालन गर्दा कुनै समस्या नहुने स्पष्ट पार्दै भने, ‘सरकारले परीक्षा सञ्चालन भएका विद्यालयको अनुगमन गर्दा गलत देखिए कारबाही गर्नेछ ।’

उनले परीक्षा भएका विद्यालयमा नियमित अनुगमनलाई निरन्तरता दिने समेत जानकारी दिए । जेठमा सञ्चालन हुने एसईई र कक्षा १२ को परीक्षाको विषयमा सरकारले कुनै निर्णय नगरेको बताउँदै त्यस विषयमा अवस्था हेरेर विश्लेषण गरिने जानकारी दिए ।

मन्त्री श्रेष्ठले कोभिडको कारण १४ जिल्ला र केही शहरका शिक्षण संस्था बन्द गर्ने निर्णय भएको बताउँदै सरकारले वैशाख मशान्तपछि बन्द गर्ने वा नगर्ने भन्ने विषयमा अवस्था हेरेर थप निर्णय हुने जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट