फिल्म कबड्डी ४ को धोषणा, २०७८ मा रिलिजको तयारी-Sutra News

फिल्म कबड्डी ४ को धोषणा, २०७८ मा रिलिजको तयारी

शुक्रबार, १४ फाल्गुन २०७७

शुक्रबार, १४ फाल्गुन २०७७

काठमाडौं- फिल्म कबड्डी ४ को धोषणा भएको छ । लगातार कबड्डीका सिरिजले सफलता पाउँदै गएपछि निर्माण टिमले कबड्डी ४ को पनि धोषणा गरेका हुन् ।



बासुरी फिल्मस प्रडक्सनको ब्यानरका निर्माण हुन लागेको कबड्डी ४ लाई पनि रामबाबु गुरुङले नै निर्देशन गर्ने भएका छन् । आगाडिका ३ वटा पार्टलाई पनि रामबाबुले नै निर्देशन गरेका थिए ।

निर्देशक रामबाबुले शुक्रबार फेसबुकमार्फत कबड्डी ४ को धोषणा गरेका हुन् । कब्बडीको यो अन्तिम पार्ट रहने छ । फिल्मको पूरा नाम कबड्डी ४, द फाइनल म्याच राखिएको छ ।

फिल्मको २०७८ सालको शुरुवातमै छायांकन हुने छ भने फिल्म रिलिज पनि २०७८ मै हुने छ । फिल्मको स्टार कास्टको बारेमा निर्माण टिमले जानकारि दिइएको छैन ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट