कक्षा १२ को परीक्षाफल सार्वजनिक-Sutra News

कक्षा १२ को परीक्षाफल सार्वजनिक

सोमबार, १९ माघ २०७७

सोमबार, १९ माघ २०७७

काठमाडौं– कक्षा १२ को नतिजा सार्वजनिक भएको छ ।  राष्ट्रिय परीक्षा बोर्डको सोमबार बसेको बैठकको निर्णयपछि नतिजा सार्वजनिक गरिएको हो ।



नतिजाको विस्तृत विवरण बोर्डको वेबसाइटमा राख्ने तयारी भएको बोर्डले जनाएको छ । बोर्डले यस वर्ष ४० प्रतिशत अंकका लागि मात्र परीक्षा लिएको थियो ।  थप ४० प्रतिशत अंक कक्षा ११ को र २० प्रतिशत अंक कक्षा १२ को आन्तरिक मूल्यांकनबाट जोडेर नतिजा प्रकाशित गरिएको हो ।

कोरोना भाइरसको महामारीका कारण गएको वैशाखमा हुन नसकेको कक्षा १२ को परीक्षा ९ मंसिरबाट शुरु भएको थियो ।

परीक्षामा देशभरबाट चार लाख ३२ हजार विद्यार्थी सहभागी भएका थिए ।

x2-result-notice.jpg.pagespeed.ic.5NV_x22jNA.webp

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट