राष्ट्रिय गान मात्रै बजाएर संसद स्थगित, नेकपाको विवादले अवस्था कठिन-Sutra News

राष्ट्रिय गान मात्रै बजाएर संसद स्थगित, नेकपाको विवादले अवस्था कठिन

बुधबार, ७ माघ २०७७

बुधबार, ७ माघ २०७७

काठमाडौं- प्रदेश १ को हिउँदे अधिवेशनको पहिलो दिन राष्ट्रिय गान बजाएर स्थगित भएको छ । बैठक राष्ट्रिय गान बज्ने समय तीन मिनेट मात्र बसेको हो । बैठकमा प्रदेश प्रमुखले केहीबेर अधिवेशन आह्वान गरेको पत्र पढेका थिए । प्रदेश प्रमुखको पत्र वाचन गरेलगत्तै सभामुखले बैठक स्थगित गरेको जानकारी दिएका थिए ।



नेकपाका ओली पक्ष र प्रचण्ड-माधव पक्षको विवादका कारण बैठक बस्न नसकेको हो । हिउँदे अधिवेशन सुरु भएको दिन दलका नेताहरुले सम्बोधन गर्ने परम्परा छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट